• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

मन्त्री व्यस्त भएपछि सल्यानमा हिजोदेखि सुरु भएको खेलको आज उद्घाटन गरियो


फागुन २४, सल्यान ।

सल्यानमा हिजोदेखी सुरु भएको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको आज उद्घाटन गरिएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्ने भनिएपछि हिजो ज्वाला आउन नसकेपछि आज उद्घाटन गरिएको आयोजकले जनाएको छ । आज मन्त्री ज्वाला सल्यान आएपछि उनको प्रमुख आथित्यतामा खेलको उद्घाटन गरिएको हो ।

तर कार्यक्रम हिजाे फागुन २३ गते दिउसाे उद्घाटन गरेर खेल सुरु गर्ने भनिएकाे थियाे । आफु व्यस्त भएका कारण हिजो आउन नसकेको मन्त्री ज्वालाले आज उद्घाटन कार्यक्रममा बताएका हुन् ।

कर्णाली खेलकुद परिषदको आयोजनामा सुरु भएको प्रथम कार्णाली प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा तिन ओटा खेल रहेका छन् । फागुन २६ गतेसम्म चल्ने खेलहरुका दुईओटा खेल आज सम्पन्न भएका छन् भने एउटा जारी छ ।

जसमा टेबलटेनिस र वुद्धिचाल सम्पन्न भैसकेका छन् । अब भलिबल खेल सम्पन्न हुन बाँकी छ । भलिबलमा १० ओटा जिल्लाका खोडीहरु सहभागी भएका छन् ।

यसैबिच आज सम्पन्न भएको बुद्धिचाल पुरुष खेलमा सुर्खेतका राजेन्द्र गौतम प्रथम भएका छन् । दृतिय हुम्लाका गगन बहादुर शाही, तृतिय दैलेखका निरक बहादुर रावल, चौथो हुम्लाका डबले रावत, पाँचौ कालिकोटका सुरे चौधरी र छैटौँमा प्रेम बहादुर सोमाइ रहेको जिल्ला खेलकुद विकास समिती सल्यानका कार्यालय प्रमुख शिव अधिकारीले लेकाली अनलाइनलाई बताए ।

त्यस्तै महिला बुद्धिचालमा दैलेखकी नम्रता कुमारी न्यौपाने प्रथम भएकी छन् । दैलेखकै लक्ष्मी कार्की दृतिय र हेमा खड्का तृतिय भएका छन् ।

त्यसैगरी टेबलटेनिस पुरुषमा सल्यानका स्माइल बुढाथोकी प्रथम, सुरेन्द्र सेजुवाल (सल्यान) दृतिय, कृष्ण खड्का (सुर्खेत) तृतिय, विश्व बिक्रम शाहा (जाजरकोट) चौथो, दिपेश राना (सल्यान) पाँचौ भएका छन् ।

महिला टेबलटेनिमा सल्यानकी सुसिला विक प्रथम, सावित्रा वस्नेत (सल्यान) दृतिय, इसीमा गुरु (सुर्खेत) तृतिय, सुरुदेवी रोकाय (हुम्ला) चौथो, सर्मिला रावत (हुम्ला) पाँचौ भएका छन् ।

भलिबलमा अहिलेसम्म ३ ओटा जिल्ला आवट भएका छन् । जसमा हुम्ला, जुम्ला र डोल्पा रहेका छन् । बाँकी ७ ओटा जिल्लाले भोलीदेखि क्वाटरफाइनलको खेल खेल्ने जिल्ला खेलकुद विकास समिती सल्यानका कार्यालय प्रमुख शिव अधिकारीले बताए ।

याे पनि 

“कर्णालीको आफ्नै कानुन हुन्छ, सल्यानमा १६ करोडको कवड हल बन्छ”– मन्त्री ज्वाला

सल्यानमा जारी प्रदेश स्तरीय खेलमा आज ८ ओटा जिल्लाले भलिबल खेले

सल्यानमा प्रदेश स्थरीय खेलकुद, १० ओटै जिल्लाका टिम सल्यान आइपुगे

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार