• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा पत्रकारले आमाको स्मृतिमा बिरामीलाई फलफुल वितरण गरे


फागुन २४, दाङ ।

पत्रकार बिकास डागीले आफ्नी आमाको स्मृतिमा बिरामीलाई फलफुल वितरण गरेका छन् ।

स्वर्गीय आमा लक्ष्मी डाँगीको ४५ औ दिनको स्मृतीमा छोरा विकास डाँगीले राप्ती प्रादेशीक अस्पतालका २९ जना बिरामीलाई फलफुल वितरण गर्नुभएको हो । पत्रकार विकासले श्रीमती कल्पना लगायत परिवारका सदस्यहरुलाई साथमा लिई आमाको स्मृतीमा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।

शान्तिनगर गाँउपालिका वडा नम्वर २ अमुवा निवासी पत्रकार डाँगीकी आमा लक्ष्मीको माघ ९ गते निधन भएको थियो । ५२ बर्षिया आमा स्वर्गीय लक्ष्मीको ४५ दिनको स्मृतीमा राप्ती प्रादेशीक अस्पताल तुलसीपुरका बिरामीलाई फलफुल वितरण गरिएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार