• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा तार वल्डिङ गर्ने एक सल्यानीको करेन्ट लागेर मृत्यु


फागुन २५, सल्यान ।

दाङमा करेन्ट लागेर एक सल्यानीको मृत्यु भएको छ ।

सल्यान कपुरकोट गाउँपालिका वडा नं. ५ घर भई हाल बिजौरी बस्दै आएका २५ बर्षीय दिपेश कुमार बिकको बिजौरी स्थित हस्त बहादुर डाँगीको घरमा बिजुलीको तार वल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको शुक्रबार बिहान ८ बजेतिर करेन्ट लागरे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते शनिवार