• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकी दुई गायिकाले ल्याइन् मध्यपश्चिमलाई चिनाउने ‘टप्पा गीत’


फागुन २५, सल्यान ।

सल्यानकी दुइ गायिकाले नयाँ टप्पा गीत ल्याएकी छन् । मध्यपश्चिमलाइ समेटेकाे “राजै” बाेलकाे टप्पा गीत सल्यानकी गायिकाले ल्याएकी हुन् ।

सल्यानकाे  शारदा गरपालिका ११ पैयाँखर्ककी सरिता बुढाथोकी र शारदा नगरपालिका १३, स्यानीखाल (माेखला)की देवी बस्नेतकाे स्वरमा नयाँ “राजै” बोलको टप्पा गीत उनिहरुले नै ल्याएकी हुन् । गीतको बोलमा “आज मैलै घाँसै काटे नौवै पुला गनी, लेकवेसी धाउदा धाउदै वित्यो जुनी पनि भन्ने स्थायी रहेको टप्पामा घसारीको हातैमा छ बरियो र आँसी, मनको पिर भुलाउछुमा बाहिर यसै हाँसी “भन्ने पहिलो अन्तरा रहेको छ ।

किरणबाबु पुनको शब्द संकलन रहेको गीतमा उनिहरुले स्वर दिएकी हुन् । अविवाहित रहेका दुवैको जिवन मेल खाने गरी बनाइएको गीतमा ग्वालीले गाई चराउने पारी रानी बनमा, अभागीलाई दुःख दर्द सधैभरी मनमा र साइला साउकी साइली छोरी हातैभरी चुरा, कठैबरै मनको धोको कहिल्यौ भएन पुरा भन्ने बाँकी २ अन्तरा रहेका छन् ।

यस्ताे छ गीत

प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते शनिवार