• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे कपुरकोटमा प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु


फागुन २५, सल्यान ।

दौड, कपर्दि, लंगजम्प, हाइजम्प, भलिबल लगायतका १५ वटा खेलहरु समावेश गरेर सल्यानको कपुरकोटमा शनिबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कर्णालि प्रदेश गाउापालिका महासंघका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । कपुरकोट गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगिता ३ दिन सम्म चल्ने छ ।

रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै महासंघका अध्यक्ष सेनले अनुशासन, मित्रता र स्वास्थ्यका लागी खेल महत्वपूर्ण भएको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले खेल क्षेत्रको विकास विना गाउँपालिकाको समृद्धि नहुने कुरा महसुस गरेको बताए ।

सेनलाइ प्रतिगोगितामा सहभागी खेलाडिहरुले मार्च पास गर्दै सलामि अर्पण गरेको प्रतियोगिता सञ्चालक समितीका संयोजक द्रोण केसीले जानकारि दिए । सलामी स्तम्भमा उभीएर सलामी ग्रहण गर्दै उनले आगामी वर्ष रनिङ शिल्ड प्रतियोगिताको लागी विद्यालयलाइ आर्थीक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मन्तव्य राख्दै शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका संयोजक लिलाधर बपाल, कपुरकोटा गाउँपालिकाका उपाध्यक्ष तिला बुढा, साहित्यकार भद्रसिंह बुढा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य टोपेन्द्र केसी, कपुरकोट गाउापालिकाका प्रवक्ता यम कुमार बस्नेत, शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरी लगाएतकाले खेलकुद क्षेत्रले स्थानिय क्षेत्रको मात्र नभई देशलाइ चिनाउने, अन्तराष्ट्रिय स्तरमा चिनाउने भएकाले खेलकुद क्षेत्रको विकासमा सवै जना एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा गाउापालिकाका पााच वटा माविका विद्यार्थीले विभिन्न विधामा भाग लिएका छन् ।

प्रतियोगिता सञ्चालक समितीका संयोजक द्रोण केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा कपुरकोटका संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण पदम खड्काले गरेका थिए । पहिलो दिन कपर्दि, हाइजम्प लगाएतका खेल समपन्न भएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते शनिवार