• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

काँग्रेस सभापति देउवा सहितका नेताहरु हेलिकप्टरमा गएर ताताेपानीमा नुहाय


फानुग २६, बेनी ।

नेपाली काङ्ग्रेसका सभापति सेर बहादुर देउवा सहित बरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा ताताेपानीमा चुर्लुम्ब डुबेका छन् ।

शनिबार म्याग्दीकाे सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न  पुगेका नेताहरु ताताेपानीमा पुगेका हुन् ।हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रणसँगै स्नानसमेत गरेका हुन् ।

उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए । तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए ।

उनिहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए । उद्घाटन गरिने भवन सङ्गम चोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार