• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

पत्रकार ऋषि धमलाको कार दुर्घटना, ३ जना घाइते


फागुन २६, काठमाडौं ।

चर्चित पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा लैनचौरमा दुर्घटना भएको हो ।

आइतबार बिहान ५ः५० मा विपरित दिशाबाट आउँदै गरेको बा ७९ प ४०३९ नम्बरको मोटरसाइकल र धमलाको बा १४ च ११९१ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सन्तोष बढुवाल, सुदिप बढुवाल र जितबहादुर धामी रहेका छन् ।

घाइतेहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धमला सामान्य घाइते भएपनि नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार