• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानका पुस्तक व्यवसायीहरुले छुट प्रतिशत नदिएर तोकेकै मुल्यमा पुस्तक बिक्री गर्ने


फागुन २६, सल्यान ।

सल्यानका पुस्तक व्यवसायीहरुले अबदेखि तोकिएकै मुल्यमा पुस्तक बिक्री गर्ने भएका छन् । पुस्तक केहि प्रतिशत छुटै दिएर बिक्री गर्दै आएका व्यवसायीहरुले अबदेखि तोकिएकै (अंकित) मुल्यमा बिक्री गर्ने भएका हुन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सल्यानको शनिबार थारमारेमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो नियम सल्यानका सबै पुस्तक व्यवसायीहरुमा चैत १ गतेदेखि लागु हुनेभएको छ ।

यदि नियमको लागु नगरेर छुट प्रतिशत दिएर कुनै व्यापारीले पुस्तक बिक्री गरेमा महासंघले व्यवसायीलाई कारबाही गर्ने महासंघ सल्यान शाखाका प्रथम उपाध्यक्ष डम्बर केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार