• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

विप्लव निकट अखिल नेपाल किसान कालिकोटको अध्यक्षमा प्रेम धिताल


फागुन २७, कालिकोट ।

विप्लव नेतृत्व नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कालिकोटको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ ।

सम्मेलनले प्रेम धितालको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको चयन गरेको छ । सम्मेलनकाे प्रमुख अतिथि संगठनका पश्चिम कमाण्ड ईन्चार्ज कालि ब. शाहीले सम्बाेधन गर्दै अब हुने एकीकृत जनक्रान्तिकाे माध्यम बाट मात्र नेपाली किसानहरूको समस्या समधान हुने बताए । सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य हितमानले बाेल्दै जनयुद्धको लक्ष्य अनुसार उपलब्धि नभएकाले वर्तमान दलाल संसदीय व्यवस्थाकाे विरूद एकीकृत जनक्रान्ति गर्नुकाे विकल्प नभएको बताए ।

साे अवसरमा माके परित्याग गरि अाएका २७ जना नेता कार्यक्रता लाई स्वागत गर्दै नेता हितमानले प्रचण्ड दलाल पुँजीवादी वर्गमा रूपान्तरण भएकोले उसको पार्टीमा भएका इमानदार क्रान्तिकारी कार्यक्रताहरू अाफ्नाे पार्टीमा अाउने लहर चलेकाे बताए । सम्मेलनमा जिल्ला सेक्रेटरी रणादिप एेडि, मुगु ईन्चार्ज संगम र आकाश लगायतको उपस्थिति रहेको कार्यलय सचिव निर्देशन सुनारले जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार