• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यान खलंगा–श्रीनगर सडकको कालोपत्रे उत्रियो, माटो हालेर खाल्डा पुरिदै


फागुन २७, सल्यान ।

सल्यानको शारदा नगरपालिका अन्तरगत पर्ने खलंगा–श्रीनगर सडकमा उत्रिएको कालोपत्रेमा माटो हालेर पुरिदैछ ।

करिब ६ बर्ष अघि वटासिल सिस्टमबाट पिच गरिएको यो सडक अहिले ठाउँठाउँमा कालोपत्रे उत्रिएको छ । करिब ९ किलोमिटरको दुरीमा रहेको यस सडकको कालोपत्रे उत्रिदा ठाउँठाउँमा खाल्डा परेका छन ।

खाल्डा पुर्नलाई अहिले ४ जना मजदुर समेत राखिएको छ । जुन मजदुरले खाल्डामा माटो हालेर सडकको सतह समथर बनाउछन् भने सडकको नाला पनि सफा गर्छन् ।

 

यता सडक डिभिजन दाङका सुचना अधिकारी लिला बहादुर भण्डारीले खाल्डा झन ठुलो नहोस् र सवारीसाधन गुड्न सहज होस् भन्ने उद्देश्यले तत्कालको लागी मोटो हालिएको बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै उनले माटो हाल्ने काम केहि दिनको लागी मात्रै भएको बताएका छन् ।

उनले अबको दुईहप्ता भित्र कालोपत्रेले नै खाल्डा टाल्ने काम हुने बताए । त्यसको लागी १५ लाखसम्म बजेट बिनियोजन गरिसकेको पनि बताए । उनले भने– “दुई हप्ता भित्र काम सुरु हुन्छ र त्यसको लागी टेन्डरको काम पनि सम्पन्न भएको छ ।”

‘६ बर्ष भित्रैमा कालोपत्रे किन उत्रियो’ भन्ने लेकाली अनलाइनको प्रश्नको उत्तर दिदै उनले भने– “सुरुमा यसलाई वटासिलको लागी मात्रै बजेट छुट्याइएको थियो । यो वटासिल मात्रै गर्नुपर्ने हो, तर पहाडमा वटासिल नटिक्ने भएकाले त्यही बजेटले पिच गरिया ।” वटासिलकै बजेटले पिच गर्दा कमसलकालको भएर नटिकेको हुनसक्ने उनको भनाई छ ।

सल्यानका अन्य प्राय सडकहरु पनि वटासिल गर्ने बजेटले नै कालोपत्रे गरेका कारण उत्रिने गरेको उनले बताए । अब सडक डिभिजनले वटालिस भन्दा पनि महंगाे कालोपत्र गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार