• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

‘सल्यान रुकुम बस व्यवसायी समिती’बाट चोइटिएर अर्काे ‘प्रालि’ खुल्यो


फागुन २७, सल्यान ।

‘सल्यान रुकुम बस व्यवसायी समिती’बाट चोइटिएर नयाँ प्रालि खुलेको छ ।

समितीका पुर्व सदस्य डम्बर सिंह तिरुवार आफु अध्यक्ष हुनेगरी समितीबाट चोइटिएर ‘सल्यान शारदा यातायात’ नामक नयाँ प्रालि खोलेका हुन् । जसको प्रधान कार्यालय श्रीनगरमा रहने भएको छ ।

नयाँ खुलेको “सल्यान शारदा यातायात प्राली”को सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकीको प्रमुख आथित्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, कुमाख यातायात प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठ, शारदा नगरपालिकाका वडा अध्यक्षहरु हिमेन्द्र बाबू सेजवाल, दिपक हमाल, व्यवसायी कुमार बुढाथोकी, सुरेन्द्र बुढा, इन्द्र खड्का, कृष्ण बस्नेत, पुष्कर बुढाथोकी, भिम बुढाथोकी लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरन पत्रकार शिव डाँगीले गरेका थिए ।


स्वच्छ प्रतिसपर्धा तथा यात्रुलाई स्तरिय सेवा दिने उदेश्यका साथ यातायात प्राली खुलेको प्रालिका अध्यक्ष डम्बर सिङ तिरुवाले बताएका छन । प्रालीले पहिलो चरणमा स्थानीय रुटमा मिनिबस बाट सेवा दिने उनले बताए ।

नयाँ प्रालीमा आबद्द भएका सम्पुर्ण गाडीहरु सल्यान रुकुम बस व्यावसायि समिती बाट चोईटिएर आएका हुन । प्रालिमा अहिले १९ वटा मिनिबस रहेका छन । १९ वटै बस सल्यान रुकुम समितीबाट प्रालीमा आएका कारण सल्यान समितीलाई स्थानीय रुटमा गाडी संचालन गर्न समस्या पर्ने देखिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार