• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा एक जनाको ज्यान जानेगरी भत्किएको पुल १६ बर्षसम्म पनि बनेन्


फागुन २७, सल्यान ।

सल्यानमा एक जनाको ज्यान जानेगरी भत्किएको पुल १६ बर्ष पुग्दापनि अझै बन्न सकेको छैन् ।

जिल्लाको शारदा नगरपालिका १५ थाङ्ने खोलामा २०५९ साल कार्तिक १३ गते हिडिरहेको समयमा झोलुङ्गे पुल भत्किदा स्थानिय बुद्धिमान रावलले ज्यान गुमाएका थिए । तर त्यसको १६ बर्षभन्दा धेरै समय हुँदा पनि भत्किएको पुल बन्न सकेको छैन् ।

लामो समय वितिसक्दा पनि पुल नबनेपछि स्थानिय बासिन्दाले हरेक बर्ष काठको लप्को बनाएर जोखिमपुर्ण तरिकाले वारपार गरिरहेका छन् । सिद्धकुमाख १ र शारदा १५ जोडने पुल नेताहरूको चुनावी ऐजेण्डा त बन्यो तर पनि जितेर गएपछि कसैले पहल गरेका छैनन् ।

पुल नहुदा सिद्धकुमाख १ बाझकाँडामा रहेको विद्यालयमा पढ्न जादा बर्षातको समयमा निकै कठिन हुनुका साथै बर्षामा गाउका प्रायः विद्यार्थी विद्यालयामा गयल हुने अवस्था रहेको स्थानिय त्रिभुवन कवरले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार