• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

गोर्खा मोडेल कलेज मा विदाई तथा स्वागत कार्यक्रम सम्पन्न


फागुन २७, दाङ ।

दाङ तुलसीपुरमा रहेको गोर्खा मोडल कलेजले आज एक कार्यक्रमको आयोजनागरि बिबिएस प्रथम वर्षमा अध्यनरत विध्यार्थीहरुलाई स्वागत तथा बिबिएस चौथो वर्षमा अध्यनरत विध्यार्थीहरुलाई विदाई गरेको छ । बिबिएस तेस्रो वर्षकी छात्रा कमला केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिति गोर्खा गुरुपका एकाडेमिक निर्देशक दुर्गा बहादुर केसी, विशिसष्ट अथिति गोर्खा कलेजका सहायक क्याम्पस प्रमुख डम्बर डाँगी, अथितीहरुमा गोर्खा स्कुल विज्ञान संकायका समंयोजक विष्णु प्रअ. भण्डारी, गोर्खा मोडेल कलेजका कार्यक्रम संयोजक वेद प्रकाश भट्टराई , राजिब वली , डिल्लिराज धिताल, वाम्देब सापकोटा, ठमन जि एम, पुर्ण बिक्रम डागी, अमर रेग्मी लगायतका शिक्षक हरुको उपस्थिति रहेको थियो ।

तुफान सापकोटाको स्वागत मन्तव्यबाट सरु भएको कार्यक्रममा विभिन्न सफललता बारेका सुत्रहरुको जानकारी दिदै प्रमुख अथिती के सीले विदाई भएर जाने विध्यार्थीहरुलाई बधाई तथा नव आगन्तु विध्यर्थीहरुलाई स्वागत गरेका थिए ।

त्यस्तै विशिष्ट अथिती डाँगीले गोर्खा कलेजमा अध्ययन गर्दा भएका केही कमि कमजोरीहरुलाई सकारात्मक रुपमा लिई उच्च शिक्षा हासिल गर्न आग्रह गरेका थिए । कार्यक्रममा आयोजकको तर्फबाट अर्जुन भट्टराईले आफ्नो भनाई राखेका थिए, भने विदाई भएर जाने सम्पुर्ण विध्यार्थिहरुको नेतृत्व गर्दै आफ्नो सिंगाे गोर्खा मोडल कलेजको नाम पनि उच्च स्थानमा राख्न सधैं प्रयास गर्ने खडक पुन मगरले बताएका थिए ।

सो कार्यक्रममा गायक तथा मोडल एच.आर. मगर, सुमन डागी लगायतकाले आफ्नो प्रस्तुती राखेका थिए भने कार्यक्रमको सन्चालन गायक तथा मोडल एच.आर. मगर र पुजा रिजालले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार