• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सहकारीको एकिकरण वाहेक विकल्प छैन नेफस्कुनका केन्द्रिय अध्यक्ष वस्नेत


फागुन २८, दाङ । सहकारी संस्थालाई सफल वनाउन कुशल व्यवस्थापनको खाँचो रहेको आज तुलसीपुरमा सम्पन्न एक कार्यक्रमका वक्ताहरुले वताएका छन ।

सहकारीहरु खुल्ने त्रम क्रमशः वढेपनि सही व्यवस्थापन हुन नसक्दा सहकारी धरासाही वन्ने गरेको धारणा राखेका थिए। जिल्ला वचत तथा ऋण सहकारी संघ दाङ्गको आयोजनामा तुलसीपुरमा आज सम्पन पत्रकार भेटघाट कार्यक्रममा नेपाल वचत तथा केन्दि«य ऋण सहकारी संघ (नेफस्कुन)का केन्दि«य अध्यक्ष डि.वी वस्नेतले सहकारी क्षेत्रवाट आर्थीक उन्नती र प्रगतीको पथमा लम्कन सहकारी–सहकारी विच एकिकरण वाहेक अरुकुनै विकल्प नरहेको वताउनुभयो।।

सहकारी संस्थाको विनियममा जुन उद्देश्य राखी गठन गरीएको छ सोही अनुरुप संस्था सञ्चालन गरीर्नुपर्ने धारणा समेत राख्नुभयो । दोलखाको जिरीमा रहेका ११ वटा सहकारी संस्थालाई मर्ज गरी दो्लखा जिल्ला लाई नेपालकै सहकारी मोडल जिल्लाको रुपमा विकासका लागी अघि वढेको स्मरण गर्दे दाङ्गमा पनि त्यस किसीमको वातवरण निर्माणका लागी ५ नं प्रदेश स्तरीय सहकारी एकीकरण गोष्ठी का लागी आफु यहाँ आएको वताउनुभयो ।

जिल्ला वचत तथा ऋण सहकारी संघ दाङ्गका अध्यक्ष रुप वहादुर खत्रीको अध्यक्षता तथा नेपस्कुनका केन्दि«य अध्यक्ष डि.वी वस्नेतको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हुमा डि.सीले स्वागत मन्तव्य राख्नुभएको थियो् ।कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष परीतोष पौडेलले सहकारीका सदस्यलाई व्यवसायीक वनाउन एवं सदस्यको सुरक्षमा ध्यान दिनुपर्ने वताउनुभयो ।पत्रकार नारायण भण्डारी,बसन्त पौडेल,प्रेम तिवारी लगाएतकाले जिज्ञासा राख्नुभएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण संघका सञ्चालक दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो।।

यसैविच तुलसीपुरमै रहेको जनसेवा वचत तथा ऋण सहकारी संस्थाले पनी आज एक औपचारीक कार्यक्रमको आयोजना गरी नेपाल वचत तथा केन्दि«य ऋण सहकारी संघ (नेफस्कुन)का केन्दि«य अध्यक्ष डि.वी वस्नेतलाई स्वागत तथा सम्मान गरेको छ।

संस्थाका अध्यक्ष झग्गु प्रसाद भुषालको अध्यक्षता तथा (नेफस्कुन)का केन्दि«य अध्यक्ष डि.वी वस्नेतको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वस्नेतले सदस्यहरुलाई स्वरोजगारमुलक कार्यमा अघि वढ्न उत्प्रेरणा मिल्ने खालका कार्यक्रमहरु सहकारी संस्थाले सञ्चालन गर्नुपर्ने वताउनुभयो ।संस्थाका उपाध्यक्ष नारायण भुषालको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख रेखा शर्मा ले गर्नुभएको थियो।।

यस्तै नेपाल उद्योग वाणीज्य महासंघ अन्र्तगत घरेलु तथा साना उद्योग समितीका सभापति समेत रहेका डिवी वस्नेत लाई आज तुलसीपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघ का अध्यक्ष विर वहादुर रावतको अध्यक्षता तथा नेपाल उद्योग वाणीज्य महासंघ का केन्दि«य सदस्य डिवी वस्नेतको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी वस्नेतले उद्योगी व्यवसायीको हकहितको सवालमा सधै तत्पर रहेको वताउनुभयो। संघका सचिव विनिल के.सी को स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार