• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान कपुरकोटमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न


फागुन २८, सल्यान ।

आगामी बैशाखमा अध्यक्ष कप सञ्चालन गर्ने तयारि गरेको कपुरकोट गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरेको छ । कपुरकोट ५ रीम स्थीत खालीमा समपन्न प्रतियोगितामा प्रतियोगितामा स्वर्ण २२, रजत ९ र कास्य पदक ५ जित्दै नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कपुरकोट ४ किमुचौर प्रथम भएको खेल संयोजक द्रोण केसीले बताए ।

यस्तै स्वर्ण ५, रजत ५ र कास्य ९ जित्दै कालिका माध्यामिक विद्यालय कपुरकोट ३ द्धितीय तथा स्वर्ण २, रजत १ र कास्य ४ जित्दै भवानी माध्यामिक विद्यालय कपुरकोट ६ छाायानाथ तृतीय हुन सफल भएको छ ।

सो अवसरमा गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकाभित्र रहेको पाँच वटै माविलाइ तत्काल खेल सामग्री ब्यवस्था गर्नका लागी १०।१० हजार रुपैयाँ सहयोग गर्ने र आगामी वर्ष यस रनिङशिल्ड प्रतियोगितामा भाग लिदाँ विद्यालयलाइ पर्ने आर्थीक भारलाइ हटाउन बजेटको ब्यवस्था गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले खेल क्षेत्रलाइ प्राथमिकतामा राखेर खेल मैदान तथा कवर्डहल निर्माणमा प्रयासरत रहेको बताए । जसको लागी सम्भाव्यता अध्यन सहितको प्रतिवेदन तयार भइसकेको अध्यक्ष सेनले बताए ।

पछिल्लो समय जिल्लामा खेल संग सम्बन्धीत गतीविधिहरु बढिरहेको र जुन सकारात्मक रहेको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य टोपेन्द्र केसीले बताएका छन् । खेल क्षेत्रमा महिलाहरुको सहभागीता पनि बढिरहेको जनाउँदै उनले खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउने भएकाले यसको महत्व धेरै रहेको बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २८ गते मङ्गलवार