• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

भारतीय सेनामा भर्ती हुन नेपालीको भीड


फागुन २९, पोखरा ।

भारतीय सेनामा भर्ती हुन पोखरामा युवाहरु परीक्षामा जुटेका छन् । पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको हो । कास्की र स्याङ्जाका युवा छनोट परीक्षामा सामेल छन् ।

आजकाे अन्नपूर्णमा समाचार छ- भारतीय सेनामा भर्ती हुने रहरले पोखरामा २६ जिल्लाका युवा परीक्षाका लागि तयारीमा जुटेका हुन् । भर्ती प्रकृया सञ्चालन गर्न गोरखपुरबाट टोली आएका छन् ।

निर्धारित परीक्षा उत्र्तीण हुने सबैलाई भर्ती लिने भारतीय अधिकारीले बताएका छन् । यो प्रकृयाबाट वर्षेनी २५ सयदेखि तीन हजार युवा भारतीय सेनामा भर्ती हुने गरेको छ ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार