• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

मजदुरीका लागी भारत गएर दुवै खुट्टा गुमाएका एक सल्यानीको उपचारमा आर्थिक समस्या


फागुन २९, सल्यान ।

मजदुरीको लागी भारत गएर दुवै खुट्टा गुमाएका एक सल्यानीलाई उपचारमा आर्थिक समस्या भएको छ ।

सल्यानको शारदा नगरपालिका वडा नम्बर १० पैयाखर्कका जङ्गविर चलाउने २०७४ असार महिनामा भारतमा मजदुरी गरेको पैसा बोकेर नेपाल फर्कने समयमा भारतको हर्दवारमा पैसा लुटिनु मात्र होइन दुबै खुट्टा समेत गुमाउनु पर्याे । नचिनेका ब्यक्तिहरु सँग खाजा खाएकै कारण आफु होसमा नभएको र पछि एकै चोटी ४ दिनमा हस्पटलमा बिउझे पछि दुबै खुट्टा छैन पैसा पनि छैन भनेर थाहा पाएका थिए ।

अहिले उनको उपचारको लागी आर्थिक समस्या भएको उनकी श्रीमती कलौटि चलाउनेले बताइन् । उपचारमा मात्रै लागेको ऋन तिर्न र घर खर्च टार्न समस्या भएको बताइन् । उनले भनिन् – “पुर्ण रुपमा उपचारकाे कुरा त परै जावस्, लागेकाे ऋिन तिर्न र छाेराे पढाउन समस्या भएकाे छ । ”

प्राय भारतमै गएर श्रीमानले ल्याएर घर गुजरा चलाउदै आएकाे उनकाे परिवारकाे घरमा पनि कुनै आम्दानीकाे श्राेत छैन् । श्रीमतीकाे आँखामा समस्या भएका कारण काम गर्न कठिन भएकाे छ ।

घरमा पाँच जनाको परिवार भए पनि दुई छोरीको बिहे भइसकेकाले अहिले घरमा ४९ बर्षीय श्रीमती १२ बर्षको छोरा र पीडित जङ्गविर मात्रै छन् । जङ्गविरले आफ्नो संकटलाइ उजागर गर्न आर्थिक सहयोग गरिदिन समेत सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार