• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

४ जिल्लाका स्थानीय तह प्रमुखहरुको खानेपानी सम्बन्धी गोष्ठी सुर्खेतको सिम्तामा सम्पन्न


फागुन २९, सल्यान ।

स्थानीय तहका प्रमुखहरुका लागि खानेपानी गुणस्तर अनुगमन संयन्त्र सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सुर्खेत सिम्ता गाउपालिकाको जामुनेबजारमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ४ जिल्लाका दैलेखको गुरास गाउपालिका, सल्याननको बनगाड कुपिण्डे नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका, भेरी नगरपालिका, शिवालय गाउपालिका र बारेकोट गाउपालिका र सुर्खेतको भेरीगगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका, चिङ्गङ गाउपालिका र सिम्ता गाउपालिकाको सहभागीता रहेको थियो ।

नेपालको सविधान प्रदतको मौलिक हक अन्तर्गत प्रत्येक नागरिकलाइ स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पूरा गर्न र सयुक्त राष्ट्र संघले पारित गरेको दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइमा पहुँच सुनिश्चित गर्ने उद्देश्य प्रती प्रतिवद्धता जाहेर भए अनुसार लक्ष्य पूरा गर्ने नेपाल सरकारले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । जनतालाई स्वच्छ खानेपानी आपूर्ति गर्ने अधिकार र सविधानको तीन तह संघ, प्रदेश र स्थानीय तहलाई साझा अधिकारको रूपमा उल्लेख भएको छ ।

यस परिप्रेक्ष्यमा खानेपानी गुणस्तर सुनिश्चित के कसरी गर्न सकिन्छ स्वच्छ खानेपानी युक्त गाउँ नगर घोषण गर्न के कस्ता आधार चाहिन्छ यी क्रीयाकलापहरुमा संघ, प्रदेश र स्थानीय तहका के कस्ता भुमिका रहन्छ भने विषयमा एक अन्तरक्रिया कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा स्थानीय तहहरुले स्वच्छ खानेपानीका निम्ति विभिन्न सुझाव दिएका छन ।

दक्ष जनशक्तिको कमी, चेतनको कमी, साधनस्रोतको कमी लगाएतका सुझाव दिएको खानेपानी तथा ढल व्यवस्थापन बिभाग किरण दर्नालले जानकारी दिएका छन । कार्यक्रममा ११ वटा स्थानीय तहका प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण खानेपानी तथा ढल व्यवस्थापन बिभाग किरण दर्नाल, दिवाकर ढकाल र युनिसेफ कटक रोकायले गरेका थिए भने संयोजन सिम्ता गाउपालिकाले सुर्खेतले गरेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार