• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको कपुरकोटमा वायरिङ र प्लम्बर तालिमका लागी युवायुवती छनौट


फागुन २९, फागुन ।

निःशुल्क रुपमा वायरिङ र प्लम्बर तालिमका लागी सल्यान कपुरकोटमा सहभागीहरु छनौट गरिएको छ । विहिबार देखि शुरु हुन लागेको २ महिने वायरिङ र आइतबार देखि शुरु हुने ४५ दिने प्लम्बर तालिमका लागी आवेदन दिएका युवा युवतीको छनौट गरिएको हो ।

घरेलु तथा साना उद्योग विकास समिती सल्यान र कपुरकोट गाउँपालिकाको आयोजनामा हुन लागेको हाउस वायरिङ तालिमका लागी १२ जना र प्लम्बरका लागी ११ जनालाइ छनौट गरिएको छनौट समितीका संयोजक तथा वरिष्ट उद्योग अधिकृत लोकनाथ खतीवडाले जानकारि दिए ।

तालिममा सहभागी हुन चाहने इच्छुक युवायुवतीहरुले सम्बन्धीत वडाहरुमा फाराम भरेका थिए । बुधबार उनीहरुले कपुरकोट गाउँपालिकामा आएर अन्तर्वाता दिएका थिए । सिपमुलक तालिमले रोजगारीको सृजना हुने भएकाले यस प्रकारको तालिम गाउँपालिकामा आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार