• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यान त्रिवेणीमा अध्यक्ष कपको प्रथम ट्रफी नेपाल राष्ट्रिय माविले हात पार्यो


फागुन २९, सल्यान ।

सल्यानको त्रिवेणी गाउँपालिकाको प्रथम अध्यक्ष कप प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

यही फागुन २७ र २८ गते गरी दुई दिन सम्म गाउँपालिकाकाे केन्द्र लुहाममा चलेको अध्यक्ष कपको ट्रफी वडा नम्बर ४ फालाबाङमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले हात पारेको छ । विद्यालयले गाउँपालिकाको प्रथम अध्यक्ष कपमा भाग तथा सहभागि जनाई विभिन्न विधाका पुरस्कारहरु हात पार्न सफल भएको हो ।

विद्यालयले ११ वटा एभेन्टमा गोल्डेन मेडल, ७ वटा एभेन्टमा सिल्भर मेडल र ७ वटा एभेन्टमा ब्रोन्ज मेडलमा प्राप्त गरेको छ । ४६ जना विद्यार्थीहरुले विभिन्न विधाका जम्मा ६४ ओटा मेडल जितेर नेरामाविले प्रथम ट्रफी हात पार्न सफल भएको हो ।

त्यसैगरीे वडा नम्बर ६ मा अवस्थित सल्यान पब्लिक स्कुलले ८ गोल्डेन मेडल सहित दोस्रो स्थानमा पर्न सफल भएको छ भने वडा नम्बर १ मा अवस्थित जनता माद्यामिक विद्यालय काभ्राले तेस्रो स्थान प्राप्त गरेको छ । कार्यक्रममा निमावि तथा मावि स्तरिय महिला र पुरुष भलिबल, कपर्दी, शर्टफुट, ज्याभलिङ थ्रो, हाइ जम्प, लङ जम्प, ट्रीपल जम्प, दौड लगाएतका थुप्रै विधाका खेलहरु भएका थिए ।

यसैबिच प्रथम ट्रफी जित्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको छ । ४ नम्बर वडा अध्यक्ष छविराज शर्मा, वडा सदस्य सीता बिष्ट र विद्यालय परिवारले विद्यार्थीहरुलाई भब्य सम्मान गरेका हुन् ।

विद्यालय व्यबस्थान समितिका अध्यक्ष राम बहादुर राणाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक यगराज खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २९ गते बुधवार