• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

रोल्पामा ३ वटा पसल र एउटा मोटरसाइकलमा आगलागी


फागुन ३०, रोल्पा ।

रोल्पामा ३ ओटा पसलमा आगलागी भएको छ ।

जिल्लाको माडी गाउँपालीका वडा नं ३ तालाबाङ सात्त्तालेका ३ ओटा पसलमा आगलागी भएर नस्ट भएका छन् । बुधबार राति करीब १२ बजे सन्तवीर भण्डारीको घरमा आगलागी हुँदा सोही घरमा व्यवसाय गरी बस्ने गणेश घर्ती र टेकेन्द्र खड्काको नास्ता तथा मासु पसल जलेर नष्ट भएको हो ।

साथै सोहि ठाउँमा पार्कीङ गरी राखीएकाे एउटा मोटरसाइकल पनि जलेकाे छ । आज बिहान करीब ३–४ बजेतिर घर्तिगाउँमा रहेको इलाका प्रहरी कार्यलयका प्रहरी र त्यहाका स्थानियले आगो नियन्त्रण मा लिएको प्रहरीले बताएको छ ।

आगो लागी हुदा करीब ७० लाखसम्मको क्षेति भएको बताइएको छ । आगलागीको कारण भने अहिले सम्म खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार