• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा बन्दको प्रभाव : यातायात व्यवसायी भन्छन् “हामीले सबै टिकट काउन्टर बन्द गरेका छाैँ”


फागुन ३०, सल्यान ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी नेकपाले आह्वान गरेको बन्दका कारण सल्यानको जनजिवन पनि प्रभावित भएको छ ।

देशभरी जस्तै सल्यानमा पनि बिहानैदेखि सवारी साधन, शैक्षिक संस्था, उद्योग, पसल ठप्प भएका छन् । दैनिक रुपमा चहलपहल हुने राप्ती राजमार्गमा पर्ने सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगरमा पनि बिहानै देखि सुनसान भएको छ

जिल्लामा संचालित विभिन्न यातायात व्यावसायी तथा प्रालिहरुले आफ्ना टिकट काउन्टरहरु समेत बन्द गरेका छन् । नेकपाको बन्दको कारणले नै आफुहरुले सबै टिकट काउन्टर बन्द गरेको सल्यान रुकुम यातायात व्यावसायी समितीका महासचिव अर्बिन्द कुमार राईले लेकाली अनलाइनलाइ बताए । उनले भने- “बिहान देखि यहाँ एउटा माेटरसाइकल पनि चलेकाे छैन्, हामीले सबै टिकट काउन्टर बन्द गरेका छाैँ ।”

सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध भन्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको यसअघिनै विज्ञप्ती जारी गरेर जनाएको थियो ।

तस्बिर : सुमन केसी, श्रीनगर

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार