• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

बागचौर नगर साहित्य परिषको १४ औं श्रीङ्खलामा २ सहित्यकारका रचना वाचन


फागुन ३०, सल्यान ।

बागचौर नगर साहित्य परिषको १४ औं साहित्य श्रीङ्खला अन्तरगत दोस्रो युगल रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।

बिहीबार बागचौर नगर साहित्य परिषदले आयोजना गरेको १४ औं साहित्य श्रीङ्खला अन्तरगत दोस्रो युगल रचना वाचन कार्यक्रम बागचाैर नगरपालिका वडा न. २ बागचौरको सम्झना होटेल एण्ड लज मा सम्पन्न भएको हाे । दोस्रो युगल रचना वाचनाका श्रष्टा दाेय बागचाैर नगरपालिका वडा नं. ५ शिवरथ निवासी सपना वलि निर्दोशि र बागचाैर नगरपालिका वडा नं. १० पिपलनेटा निवासी हरि केसि एकल यात्रीले आफना मुक्तक र गजल गरि १/१ दर्जन रचनाहरु वाचन गरेका थिए ।

नगर साहित्य परिषदका अध्यक्ष ईन्द्र भण्डारी अङ्कितको अध्यक्षता भएकाे कार्यक्रममा प्रमुख अतिथि परिषदका संरक्षक एवम सल्लाहकार पुर्ण भण्डारी पंकज, अन्य अतिथिहरुमा पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेस्वर केसी, जनकल्याण नमुना मावी थारमारेका पूर्व बिधालय व्यवस्थापन समिति अध्यक्ष सुम्निमा डि.सी लगाएतका रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले दाेय श्रष्टा उदाउँदा सर्जक भएता पनि उनका रचनाहरु निकै ओझिला, पेचिला र मनन योग्य लायक भएको बताए । अर्का अतिथी सुम्निमा डि.सी ले बागचौर नगर साहित्य परिषदले गर्दै आएका कार्यक्रमहरु एेतिहासिक र प्रसंसकीय रहेको बताउदै कार्यक्रमका दुवै श्रष्टालाई साहित्यिक यात्रा सफलताको शुभकामना ब्यक्त्त गरे ।

करिव १ घण्टा ३० मिनेट सम्म भएको कार्यक्रमको संचालन परिषदका सचिव तारादेव शर्मा प्रदर्शनले गरेका थिए । कार्यक्रममा करिव ७५ जना जतिकाे  उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार