चैत २, काठमाडौ ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ ललितपुरबाट पक्राउ परेका छन्।
जीवन्तलाई शुक्रबार सादा पोसाकमा आएका प्रहरीले बेलुकी ८ बजेतिर गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । तर, प्रहरीले भने पक्राउ परेकोबारे आफुहरुलाई जानकारी नभएको बताएको छ ।
ललितपुर प्रहरी प्रमुख रविन्द्र घानुक, प्रहरी प्रवक्ता उत्तम सुवेदी र सिआइबीले समेत जिवन्तलाई पक्राउबारे आफुहरूलाई जानकारी नभएको बताएका छन् । तर नेकपा स्रोतले भने पोलिटब्युरो सदस्य जीवन्त पक्राउ परेको पुष्टि गरेको छ ।
उनी यस अघि पनि पक्राउ परेका थिए । त्यस बेला सर्वोच्च अदालतको आदेशपछि उनि रिहा भएका थिए ।