• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

शिक्षा प्रणाली सुधाराै स्वदेशमै स्वरोजगारःउपनिर्देशक यादव सुवेदी


चैैैत २, दाङ ।

प्राविधिक प्रशिक्षण प्रतिष्ठान भत्तपुरको आयोजना तथा निजी प्राविधिक शिक्षालय महासंघ प्रदेश नं ५ को समन्वयमा सञ्चालीत १० दिने प्रशिक्षक प्रशिक्षण तालीम आज दाङ्गको तुलसीपुरमा सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि सि.टि.इ.भि.टी प्रदेश नं ५ का उपनिर्देशक यादव सुवेदीले परम्परागत शिक्षण प्रणालीलाई सुधार गरी फरक र प्रविधिमैत्री विधि अपनाइएमा उत्पादीत दक्ष जनशक्ती स्वेदेशमै स्वरोजगारका कार्यमा सहजै सहभागी हुन सक्ने वताए ।पाठ्यक्रमले निर्दिष्ट गरेका कुराहरु अनुरुप प्राविधिक शिक्षाको पढाइ हुन नसकेको स्विकार गर्दे अव त्यसलाई आफुहरुले ध्यानमा राखी काम गरीरहेको बताए ।

कार्यक्रममा विशिष्ठ अतिथी तुलसीपुर उपमहानगरका शिक्षा समिती संयोजक देवराज विश्वकर्माले आफुले सिकेको कुरा व्यवहारमा आफै वाट शुरुवात गर्नुपर्ने सुझाव दिए ।साथै उनले प्राविधिक शिक्षा आफैमा महत्वपुर्ण विषय भएकाले उत्पादीत जनशक्तीले श्र्रमलाई सम्मान गरेमात्र समाज रुपान्तरणमा अहम भुमिका खेल्ने बताए ।

सोअवसरमा निजी प्राविधिक शिक्षालय महासंघ ५ नं प्रदेशका अध्यक्ष अरुण कुमार पाण्डेले निजी प्राविधिक शिक्षालय महासंघ टिएसएलसी कार्यक्रम सञ्चालन गर्ने प्राविधिक शिक्षालयको छातासंगठन भएको जानकारी दिदै योे नेपालकै नमुना संगठनको रुपमा अघि वढेको बताए ।

जसअनुसार ५ नं प्रदेश को वुटवल र दाङ्गमा सवैभन्दा धेरै कार्यक्रमहरु रहेको समेत जानकारी दिए । सो अवसरमा राप्ती प्राविधिक शिक्षलाय लालमटियाका प्रधानाध्यापक मोतीलाल चौधरी लगाएतकाले मन्तव्य राखेका थिए । प्रशिक्षक राजु श्र्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजिकरण निजी प्राविधिक शिक्षालय महासंघ ५ नं प्रदेशका कोषाध्यक्ष दोर्ण वलीले गरेका थिए ।

१० दिन सम्म सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण तालीममा दाङ्ग जिल्लाका विभिन्न विषयमा अध्यापन गराउने प्राविधिक शिक्षालयका १९ जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रशिक्षण प्रतिष्ठान भत्तपुरका प्रशिक्षक द्वय राजु श्र्रेष्ठ र नुटन आचार्य रहेका थिए । कार्यक्रममा प्रशिक्षार्थी,प्रशिक्षक तथा अतिथिहरुलाई मायाको चिनो तथा कदर पत्रले सम्मान गरीएको थियो ।।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार