• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा महिला तथा किशोरीहरुका लागि व्युटिसियन तालिम


चैत २, दाङ ।

राप्ती बहिरा संघ दाङकाे अायाेजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.८ काे सहयोगमा महिला तथा किशोरीहरुका लागि ३महिने व्युटिसियन तालिमकाे एक कार्यक्रमका विच उदघाटन गरिएको छ ।

राप्ती बहिरा संघ दाङका अध्यक्ष अजयकुमार शर्माकाे सभापतित्व र तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष बेदबहादुर के सीकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियोे । संस्थाका निर्देशक प्रतिमा शर्माकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्यहरु चित्र बहादुर डाँगी , पवित्रा काफ्ले, गाैमती सार्की, सहायक प्रशिक्षक ललिता सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तलिममा प्रमुख प्रशिक्षक रञ्जु शाह र सहायक प्रशिक्षक ललिता सापकोटा हुनुहुन्छ । महिलाहरुलाई आतमनिर्वर गरौन यस्ता तलिमहरु देहिर्हने अध्यक्ष के.सिले बताए । ७० जना महिलाहरुकाे सहभागीता रहेकाे उक्त कार्यक्रमकाे सहजिकरण राप्ती बहिरा संघ दाङका कार्यक्रम संयाेजक देवा डाँगीले गरेको सञ्चारकर्मी देवमणी गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार