• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

(नेकपा)का जनप्रतिनिधिहरु भन्छन्– “कुपिण्डे तालको विकास गरौँ”


चैत ३, सल्यान ।

कर्णाली प्रदेशको मिनि राराका रूपमा चिनिन थालेको सल्यानको कुपिण्डे तालमा सत्तारुढ दल (नेकपा)का जनप्रतिनिधिहरुले शनिबार भेला गरे ।

सल्यानका ७ वटा स्थानीय तह र ५९ वटा वडाहरुमा जितेका (नेकपा)का अधिकांस जनप्रतिनिधिहरुले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ अन्तरगत रहेको कुपिण्डे तालमा पुगेर भेला गरेका हुन् । जिल्लाको विकास र एकअर्का्बिच भेटघाटको लागी भन्दै कार्यक्रम गरेका जनप्रतिनीधीहरुले अहिलेसम्म जिल्लामा पार्टी एकता नभएको भन्दै आफ्नै पार्टीको कडा आलोचना समेत गरे । त्यही रुपमा उनिहरुले विकासको राम्रो सम्वाभनाका कुराहरु पनि गरेका छन् ।

कार्यक्रमको उद्यश्य भनेकै आफ्नो पार्टीका जनप्रतिनिधिहरु बिच छलफल तथा भेटघाट र विकासका कुराहरुको बारेमा भएको उनिहरुको दाबी थियो । जिल्लाको महत्वपूर्णस्थल कुपिण्डेतालको समग्र विकासका लागि उनिहरुले सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।

नेपाल सरकाले समेत चालु आर्थिक वर्षमा यस ताललाइ एकसय पर्यटकीय गन्तव्य भित्र पर्न सफल भएको छ । यस तालको वातावरणीय र पर्यटकीय महत्व रहेको भन्दै यस क्षेत्रबाटनै पर्यटन प्रवर्धनको लागी शुरुवात गरेको नेकपा निकट जनप्रतिनिधिहरूको भनाइ छ । यस ताललाई जोगाउन जिल्ला स्थित सबै तहका जनप्रतिनिधीहरुले बिशेष ध्यान दिनुपर्ने उनिहरुले बताए ।

कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले यो ताललाई संरक्षण गर्न र जोगाइ राख्नका लागी सबै गाउँपालिका संग सहकार्य गर्ने बताए । उनले यो ताललाई देशकै एउटा नमुनाको रुपमा विकास गरेर हजारौँ पर्यटकहरु भित्र्याउन सकिने बताए । त्यसका लागी आफ्नो नगरपालिकाले गर्न सक्ने सहयोग रहने उनको भनाई छ ।

बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले यस तालको वातावरणीय र प्राकृतिक सौन्दर्य जोगाउन सल्यान जिल्लाका जनप्रतिनिधिको ध्यानाकर्षण भएको जनाएका छन् । यसलाइ महत्वपुर्ण सम्पदाको रूपमा स्थापित गर्न सबै तहका जनप्रतिनिधिसँग सम्युक्त कार्यक्रम गरि अगाढी बढ्न आफु तयार रहेको उनले बताए । उनले भने– “ याे ताल विस्तारै पुरिदै छन् । यस्तै हाे भने हाम्रा नातिहरुका पाला सम्म याे तालकाे अस्तित्व नै मेटिने छ । त्यसैले भाैतिक निर्माण गर्दा विशेष ध्यान दिनुपर्छ ।”

कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सल्यान जिल्लाका पत्येक स्थानीय तहमा भएका चिनारी बाहिर ल्याउने उद्देश्यले जनप्रतिनिधि अगाडी बढेको बताए ।  अहिले १० वटा स्थानीय तह भित्र रहेका सम्पदा एउटा कुनै स्थानीय सरकारको मात्रै नभएर समग्र जिल्लाको भएको उनले बताए । यस्ता पर्यटकीय स्थलहरू सबैको साझा सम्पत्ती सोचेर लाग्नुपर्नेमा उनकाे जाेड छ ।

दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले ठाउँको प्रचार र विकासका लागी यसरी नै जनप्रतिनिधिहरु हरेका ठाउँमा जानुपर्ने बताए । त्यसका लागी हरेक महिनाको कुनै एक शनिवार जिल्लाको जुनसुकै ठाउँमा पुग्ने उनले बताएका छन् । पर्यटनको कुरा गर्दा त्यस क्षेत्रको पर्यटकीय स्थलको बारेमा छलफल हुंदा जनतालाइ पनि फाइदा हुने उनको भनाइ थियो ।

कार्यक्रममा कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढा, शिद्द कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउने, कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी लगाएतका जनप्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका राष्ट्रिय महासंघका निर्देशक विमल पोख्रेलले स्थानीय तहमा हुने सवै खाले कामकाजका विषमा र कानुनी पार्टीका वारेमा प्रशिक्षण समेत दिएका थिए । कार्यक्रममा (नेकपा)ले जितेका सल्यानका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, स्थानीयबासी, पत्रकार, सुरक्षाकर्मी लगाएतकाे उपस्थिती रहेको थियो ।

याे पनि पढ्नुहाेस्

सल्यानमा (नेकपा)का जनप्रतिनिधिहरुले भेला गरेर यसरी गरे आफ्नै पार्टीको कडा आलोचना ?

प्रकाशित मिति : २०७५ चैत्र ३ गते आइतवार