• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङ–सुर्खेत मितेरी सडकको रुपमा विकास हुन्छ– मन्त्री प्रकाश ज्वाला


चैत ३, दाङ ।

कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ–सुर्खेत सडक खण्ड दुई राजधानी जोडने सडकका रुपमा बिकास हुने बताए ।

आईतबार दाङको तुलसीपुरमा रिपोर्टस क्लब दाङद्धारा आयोजित कार्यक्रममा उनले प्रदेश नं. ५ को राजधानी दाङ भएको खण्डमा उक्त सडक कर्णालीको राजधानी सुर्खेतसंग जोड्ने सडकका रुपमा बिकास हुने बताए । सोही अनुसार उक्त सडकलाई फराकिलो र ब्यबस्थित सडक निर्माण गर्न लागेको समेत उनले बताए।

दाङ सुर्खेत सडक खण्ड निर्माणको कार्यलाई तिब्रता दिन पनि आफुले चासो दिएको उनले बताए । दाङ खण्डको काम भईरहेको भन्दै सल्यानको सिमानामा पर्ने सडक कालिमाटी आसपासको ठाउमा पनि काम तिब्र रुपमा अगाडि बढिरहेको बताए ।

मन्त्री ज्वालाले राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान सिमाना देखि सितलपाटि सम्मको करिब ४९ करोडको बहुबर्षिय योजनाको टेण्डर निकाल्ने तयारी भईरहेको समेत बताए ।

त्यस्तै तुलसीपुर देखि सल्यान सम्मको दुईलेनको सडकमा पनि बहुबर्षिय योजना अन्तर्गत करिव ५० करोडमा टेण्डर आब्हान गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालयमा आफै पुगेर फाईल अगाडि बढाईएको समेत मन्त्री ज्वालाले जानकारी बताए ।

मन्त्री ज्वालाले दाङ र सल्यानको प्रदेश फरक भए पनि भावना ,सम्बन्ध र बिकास निर्माणका सन्दर्भमा आफु सधैंभरि सहयात्री र सहयोगीको रुपमा काम गर्दै जाने समेत प्रतिबद्दता जनाए ।

प्रकाशित मिति : २०७५ चैत्र ३ गते आइतवार