• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ज्यू ! विप्लवलाई जेल हालेर के गर्नुहुन्छ अन्य सयौँ विप्लव जन्मनेछन्


  • सेरबहादुर डाँगी

सुन्दैछु उपप्रधान तथा रक्षा मन्त्री इस्वर पोख्रेलले प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने कुरा खुलासा गर्नु भयो रे ।

प्रधानमन्त्री ज्यू ! नेपाली सेना बिबेक शुन्य यन्त्र मानबहरुको झुन्ड होइन । नेपाली सेनाका सैदान्तिक र राष्ट्रिय जिम्मेवारी छन् । जसलाई सेनाले निभायको छ र निभाउने छ । वर्तमान अवस्थामा सेना परिचालन हास्यास्पद उखान टुक्कामा सिमित हो भने केहि भन्नु छैन । अन्यथा के को लागी र कसका बिरुद्द परिचालन हुने ?

दुइ तिहाइ सांसद प्राप्त प्रधानमन्त्री ज्यु । तपाइ सांसद्को प्रक्रियाले सेना परिचालन गर्न सक्नु हुन्छ । तपाइले नेपाली सेनालाई भारतले अतिक्रमन गरेको सिमामा लगेर राखि दिनुहोस् र सिमानामा हुने अत्याचार बन्द गराउनु होस । सेना यही चाहन्छ र सिङ्गो देश पनि । अन्यथा निशस्त्र नेपाली जनताले बिदेशी सेना सँग अतिक्रमन हुँदा प्रतिरोध गरेर नेपाली सेनाले जनताको बिच बाट टुलुटुलु हेर्न बाध्य हुनेछ ?

अन्तिममा नेपालको लोकतान्त्रिक संबिधानमा कुनै दल प्रती बन्द गर्ने धारा भेटिएना ? के सरकारले संविधान विपरित काम गर्न मिल्छ ?

प्रतिबन्धित गर्ने नै हो भने सुनलाई पितल बनाउनेलाई गर्नुहोस । विमान किन्दा अरब खाने भ्रस्टलाई गर्नुहोस, निर्मला नानी जस्ता बच्चिको बलत्कारिलाई गर्नुहोस, विकास बजेटमा बिल मिलाएर कुम्ल्याउने भ्रस्ट जनप्रतीनिधिलाई प्रतिबन्द गर्नुहोस् , तर विप्लवलाइ हैन् ।

सुसासन दिनुहोस, बेरोजगारी समस्या, गरीबी बिरुद्द लड्नु होस्, कुनै विप्लव जन्मदैनान र प्रतिबन्ध गर्नु पर्दैन अन्यथा विप्लवलाई जेल हालेर के गर्नु हुन्छ ? अन्य सयौँ विप्लव समाजले जन्माउनेछ । विद्रोही बढ्नु र घट्नु सत्तामा निर्भर हुन्छ । सबैले समयमै सोचौँ

लेखक पप गायक तथा जनकल्यान मावि थारमारेका टिचर हुन्

प्रकाशित मिती २०७५ चैत ३ गते

प्रकाशित मिति : २०७५ चैत्र ३ गते आइतवार