• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

चितवनमा गाई काटेको आरोपमा दुई जना पक्राउ


चैत ४, चितवन ।

गाई काटेको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुर कृष्णचोकका विक्रम सार्की र रनबहादुर सार्की रहेका छन् । उनीहरुले पाल्ने भनेर छिमेकीबाट खरिद गरेको गाई काटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुलाई गाईको मासुसहित पक्राउ गरिएको प्रहरीको दाबी छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न, मार्न नपाइने उल्लेख छ ।

उक्त कानुन विपरीत काम गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार