• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

होलीमा भुलेर पनि नगर्नुहोस् यी गल्ती ?


चैत ४, काठमाडौँ ।

हिन्दुहरुको विशेष पर्व होली आउन केही मात्र बाँकी छ । रंगै रंगको पर्व होलीलाई विशेष रुपले मनाउन विभिन्न तरिकाहरु अपनाइन्छ । एक अर्काबीच रमेर होली खेल्नु जति रमाइलो छ त्यतिकै मात्रामा असर रहेको छ ।

होलीमा लगाइने विभिन्न किसिम का रंगहरुको समस्यामा पनि उत्तिकै रहेको छ । होली खेल्दा हर्बल मिश्रित कलरको प्रयोग गरिएको छ भने छालामा बढी इफेक्ट गर्छ । तयसैले होली नजिकिदै गर्दा होलीमा प्रयोग भएका रंगहरुको इफेक्टबाट कसरी बच्ने भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१.अनावश्यक कलरले छालामा विभिन्न समस्याहरु आउने भएकाले होली खेल्न निस्कनुभन्दा अगाड पुरु शरिरमा कपडा लगाएर निस्कने । त्यतिमात्र हैन सकिन्छ भने शरिरमा तोरीको वा अन्य कुनै तेल लगाएर निक्दा झन धेरै राम्रो हुन्छ । यसो गर्नाले छालामा देखिने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

२.हर्बल तथा प्राकुतिक कलरहरु जस्तै बेसार, निमको पात आदि प्रयोग गरेको कलरले होली खेल्नु हुँदैन् । जसले शरिरको छालालमा नकारात्मक असर पुर्याउने भएकाले त्यस्तो कलर प्रयोग नगर्दा नै राम्रो हुन्छ ।

३.होली खेल्न निस्कनुभन्दा अगाडी प्रसस्त पानीमा पिउनुपर्छ । केमिकलको प्रयोगले हाइड्रिक हुने सम्भावना धेरै भएकाले पानी बढी पिउनुपर्छ । लामो समय घाममा बस्नु खतराजनक हुन सक्छ ।

४.होली खेल्न जानु भन्दा अगाडी टोनरको प्रयोग गर्नु राम्रो हुन्छ किनकी टोनरले छालाको भित्री भागमा कलरलाई छिर्न दिँदैन् ।

५.छालामा कलर लागेपछि विस्तारै नरम कपडाले हटाउनुपर्छ । यदि कलर हटाउन पानीको प्रयोग भएको छ भने कलर सबैतिर फैलिन्छ र छालामा नकारात्मक असर पर्छ ।

६. होली खेलेको रंग पखाल्नको लागि साबुन भन्दा फेसियल वा क्जिरको प्रयोग गर्नु उचित हुन्छ ।

७.यदि होली खेलेको रंग पखालिसक्दा पनि छाला पोलिरह्यो भने चिसो पानी वा मोइस्च्राईजिङ क्रिम लगाउनुपर्छ ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार