• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा होली खेल्न १० नियम : चर्काे स्वरमा म्युजिक बजाउन नपाइने


चैत ५, काठमाडौं ।

सल्यानमा होली पर्वलाई सभ्य बनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रहरीले होली खेल्न विभिन्न १० नियम पालना गर्न भनेको छ ।

होलीमा विभिन्न उच्छृङ्खल क्रियाकलाप र अप्रिय घटनासमेत हुने भएकोले समुदायको साझेदारीमा प्रहरीले होलीमा पालना गर्नुपर्ने नियम बनाएर सार्वजनिक सूचना जारी गरेको हो ।

प्रहरीले जारी गरेको सूचनामा सम्भ तरिका अपनाउनुपर्ने, लोला अण्डा तथा फोहोर पानी प्रयोग नगर्ने, अरुलाई जवरजस्तै रंग र अविर दल्न नहुने, मादक पदार्थ सेवन गर्न नहुने उल्लेख गरिएको छ ।

यस्तै, पर्वको नाममा ट्राफिक नियम उल्लंघन नगर्न, हानिकारक केमिकलयुक्त रसाय पेन्ट वा असर गर्ने रंगको प्रयोग नगर्न, अरुलाई असर पर्ने गरी चर्काे स्वरमा म्युजिक नबजाउन प्रहरीले अपील गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार