• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

यी हुन् संसारमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्ति


चैत ६, काठमाडौ ।

यो पृथ्वीमा मानिसलाई जन्मिएपछि मर्न कसैलाई पनि रहर हुदैन् । तर मानिसहरु लामो समय बाच्ने मन हुदा हुदै पनि शरिरमा विभिन्न प्रकारको रोग लागेर मर्छन् । अहिले दुनियाँमा मानिसहरुको औसत आयु ७१ बर्ष रहेको छ ।

नेपालमा पनि अहिले मानिसहरुको औसत आयु १२ वर्षले बढेर ७० वर्ष पुगेको छ । तर यो संसारमा आफ्नो औसत आयु भन्दा पनि दोब्बर ,तेब्बर बाच्ने मानिसहरु रहेका छन् । आज हामी तपाईलाई पृथ्वीमै सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिको बारेमा कुरा गदै छौ ।

उनी चिनका आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लि चिङ युन हुन् ।उनले दाबी गरे अनुसार उनको जन्म सन् १७३६ मा भएको थियो । तर केही तथ्यका अनुसार उनको जन्म १६७७ मा भएको हुनसक्ने अनुमान गरिएको छ । त्यसैले उनले दाबी गरेको जन्ममिति अनुसार उनको उमेर १९७ वर्ष हुन्छ भने तथ्यका अनुसार २५६ वर्ष हुन्छ । तर उनको अहिलेसम्म पनि जन्म मिति कहिले थियो भन्ने थाहा हुन सकेको छैन ।

सन् १९३० मा चेङ्दु विश्वविद्यालयका प्राध्यापक उ चुङ चेईले न्युयोर्क टाइम्समा प्रकाशित भएको सामाग्रीका अनुसार लिका बारेमा सन् १८२७ आर्थत लि १५० वर्षको हुँदादेखि सरकारले शुभकामना पठाउने गरेको र १८७७ मा २०० औं वर्षको अवसरमा उनलाई सरकारले ब्यक्त गरेको शुभकामना सन्देशका बारेमा उल्लेख गरेका थिए ।

उनी के खान्थे ? को हुन् उनी ?

लि चिङ युन सिचुवान प्रान्तका बासिन्दा हुन् । करिब ७२ वर्षको उमेरमा उनी सेनाका प्रान्तीय कामाण्डर जोङचाईका रणनीतिक तथा मार्सल आर्टका गुरुका रुपमा नियुक्त भएका थिए । उनले आफ्नो जीवनका प्राय समय डाँडाकाडा तथा पहाडी क्षेत्रमा बिताउँने गरेका बताइन्छ । त्यस्तै उनको मुख्य खानेकुरा जडिवुटी र भातबाट बनेको जाँड हो । उनले आफ्नो जीवनमा २४ जनासँग विवाह गरेका थिए ।

साथै उनको २०० जना छोराछोरी थिए । जब उनी मृत्युको मुखमा पुगे त्यसबेला उनको छोराछोरीको ११ पुस्ता पुगेको थियो । उनको मृत्यु १९३३ मे ६ मा भएको थियो । उनको मृत्युपछि उनका उत्तराधिकारीले उनको जीवनको बारेमा पुस्तक लेखेका छन् ।

त्यस्तै इभिनिङ इन्डिपेण्डेन्टमा प्रकाशित सामाग्रीका अनुसार उनको लामो जीवनको रहस्यबारे उनले प्रयोग गर्ने आयुर्वेदिक औषधी माथिको परिक्षण र प्रयोग रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ६ गते बुधवार