• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

होलीमा सल्यान प्रहरीले ४ वटा सवारी साधन नियन्त्रणमा लियो


चैत ६, सल्यान ।

होलीमा नियम विपरित सवारी चलाएको भन्दै सल्यानमा प्रहरीले ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको श्रीनगरबाट एउटा ट्याक्टर र ३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मादकपदार्थ सेवन गरेर ट्याक्टर चलाएको र हेलमेट नलगाएर मोटरसाईकल चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहले लेकाली अनलाइनलाई बताए ।

त्यस्तै होलीको दिन जिल्लामा अन्य अप्रिय घटना नघटेको उनले बताएका छन् । होलीलाई मर्यादित र सान्त बनाउन ठाउँठाउँमा नेपाल प्रहरी शसस्त्र प्रहरी परिचालित थिए ।

तस्बिर : गस्तीमा गएकाे जिल्ला प्रहरी कार्यालय सल्यानकाे गाडी

प्रकाशित मिति : २०७५ चैत्र ६ गते बुधवार