• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

बाल विकास शिक्षक सल्यानकाे अध्यक्षमा शान्ती प्रभा पुरी चयन


चैत ६, सल्यान ।

बाल विकास शिक्षक सल्यानकाे अध्यक्षमा शान्ती प्रभा पुरी चयन भएकी छ्न् । सल्यान खलंगाको बालमन्दिरमा भएको प्रथम भेलाले ११ सदस्यीय जिल्ला कार्य समिति सदस्य सहित पुरीलाइ अध्यक्षमा चयन गरेकाे हाे ।

समितिको उपाध्यक्षमा रीता वली, सचिव बालिका केसी, सहसचिव गेस्मा परियार र कोषाध्यक्ष सीता रावत रहेका छन । भेलाले निवर्तमान अध्यक्ष रीता वलीलाइ केन्द्रिय सदस्यमा पठाउने निर्णय गरेको छ ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष र महासचिव सहभागि भएको कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका सभापती केश बहादुर विष्टले सबै स्थानिय तहमा बालविकासलाइ प्रभावकारी बनाउन रकम थप्ने गरी पहल गर्ने बताए । उनले आफु सधै साथमा रहेको भन्दै सगसंग अघि बढ्ने बताएका हुन ।

त्यस्तै कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरभित्रका कार्यकर्ताको पोशाक र महंगी भत्ता दिने बताएका छन् । केन्द्रिय अध्यक्ष कृष्ण थापाले संगठित हुनुपर्ने भन्दै योग्यताका अधारमा सुविधाको कुरा लागु गराउन लागिपर्ने भन्दै त्यसका लागि स्थानिय स्तरमा बाल विकास कार्यकर्ताहरूलाइ लाग्न अनुरोध गरेकी छन् ।

महासचिव निर्मला गिरीले संगठित भएमा मात्रै अधिकार प्राप्त हुन भएकाले कार्यकर्ताहरूलाइ संगठित हुन भन्दै सरकारले स्थानिय सरकार माताहत राखे भेदभाव हुने भन्दै संघिय सरकारको माताहतमा नै राख्नुपर्ने कुरा उठाएकी थिइन । नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरीले महासंघ सधै साथमा रहेको भन्दै शिक्षाको लागि बनेका संगठनले अधिकारका क्षेत्रमा काम गर्नुपर्ने बताए ।

ट्रेड युनियन काग्रेशका जिल्ला अध्यक्ष वीर बहादुर सेजवालले संगठित भएर अन्दोलन गर्न सबैमा अनुरोध गरेका थिए । कार्यक्रममा बागचार नगरपालिकाकी सीता वली, बन्गाडकुपिण्डे नगरपालिकाकी रीता वली दार्मा गाउपालिकाकी महिन्दा बुढा, कपुरकोट गाउँपालिकाकी बालिका केसी, छत्रेश्वरी गाउपालिकाकी अमृता पुन र कालिमाटी गाउपालिकाकी टीका भुषालले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ६ गते बुधवार