• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा बस दुर्घटना : २२ जना घाइते, ४ काे अबस्था गम्भीर (नामावली सहित)


चैत ७, सल्यान ।

सल्यानमा यात्रुबहाक बस दुर्घटना  हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्य ४ काे अवस्था गम्भीर छ ।

जिल्लाकाे काभ्राबाट खलंगा हिडेकाे ना ५ ख ७७५० नम्बरकाे बस आज बिहान त्रिबेणी गाउपालीका ६ शंखमुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा लक्ष्मिपुर निवासी ७१ बर्षीय बल बहादुर थापा, त्रिवेणी ३ निवासी ४८ बर्षीय धनविर रावत, छत्रेश्वरी ७ निवासी १७ बर्षीय बिशाल रावत र लुहाम निवासी ७० बर्षीया पार्वती श्रेष्ठ रहेकाे कान्तिपुर सामुदायी हस्पीटल श्रीनगरका संचालक रामकृष्ण रेग्मीले लेकाली अनलाइनलाइ बताएका छन् । उनिहरुकाे थप उपचारका लागी नेपालगन्ज रिफर गरिएकाे उनले बताए ।

त्यस्तै अन्य १८ जना घाइतेहरुकाे कान्तिपुर सामुदायीक अस्पतालमा उपचार भैरहेकाे छ । उनिहरुकाे अवस्था सामान्य रहेकाे संचालक रेग्मीले बताए ।

कान्तिपुर सामुदायीक अस्पताल श्रीनगरले दिएकाे घाइतेहरुकाे नाम लिस्ट हेर्नुहाेस्

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार