• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा हावाले विद्यालयको छानो उडाउदा होली खेल्ने एक बालक गम्भीर घाईते


चैत ७, सल्यान ।

सल्यानमा हावाले विद्यालयको छानो उडाउदा होली खेलिरहेका एक बालक गम्भीर घाईते भएका छन् ।

जिल्लाको दार्मा गाउँपालिका ५ त्रिवेणी स्थित विश्वेश्वर आधारभुत विद्यालयको टिनको छानोलाई बुधबार हावाले उडाएर नजिकै होली खेलिरहेका सोही ठाउँमा ११ बर्षीय जिवन खड्का गम्भीर घाईते भएका हुन् । उनी सहितका साथीहरुले विद्यालय नजिकै होली खेल्ने क्रममा एक्कासी टिनको छाना हावाले उडाएर उनलाई लागेको थियो ।

उनलाई उपचारका लागी नेपालगन्ज लगिएको इलाका प्रहरी कार्यालय दार्मा फारुलाका सई जनक भण्डारीले लेकाली अनलाइनलाई बताए ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार