यस्ता छन् परिक्षामा चिट चोर्ने तरिका, पढाइमा यस्तै दिमाग खर्चिएको भए कति राम्रो हुन्थ्यो ?


चैत ७, काठमाडौ ।

परिक्षामा विद्यार्थीहरुले चिट नचोरी आफ्नै दिमागले मात्र राम्रो अंक ल्याउन भनेर शिक्षकहरुले विभिन्न किसिमका नियमहरु बनाएका हुन्छन् । तर पनि विद्यार्थीहरु अनेक नयाँ नयाँ तरिका अपनाएर चिट चोरी राखेका छन् । अझ भन्नुपर्दा केटाहरुको तुलनामा केटीहरु बढी चिट चोर्न माहिर हुन्छन् ।

किनभने उनीहरुले आफ्नो संवेदनशील अंगमा चिट लुकाएर ल्याएर चोर्ने गर्दछन् । केही समय अगाडि मात्र एउटा केटीले आफ्नो गोप्य अंगमा चिट लुकाएर चोरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यस्तै भर्खरै पनि एक युवतीले परिक्षामा चिट चोरेर लेखिसकेपछि आफ्नो सामाजिक सञ्जालमा नयाँ चिट चोर्ने उपाय बारे बताएकी छिन् । उनको नाम एन्ड्रिया हो । उनले लेखेकी छिन् , फिजिक्स परिक्षाको दिन थियो , त्यसैले मैले आफ्नो नङभित्र फिजिक्सको फर्मुला लुकाएर ल्याएर चोरेको बताएकी छिन् । किनभने उनको लामो लामो नङ भएकाले गार्ड बस्ने कुनै शिक्षकहरुले पनि शंका नै गर्न सकेनन् ।

उनले यसरी आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेपछि विभिन्न कमेन्टहरु आएका छन् । जसमा कसैले चिट चोर्न यस्तो दिमाग लगाउनेले पढ्नमा दिमाग खर्चेको भए कति राम्रो हुन्थ्यो भनेका छन् । भने कसैले तस्वीर हेरेपछि परीक्षामा राम्रो नम्बर ल्याउनका लागि अब नङ बढाउनुपर्ला भन्दै कमेन्ट गरिरहेका छन् । जुन तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार