• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

कालिकाेटका क्रियाशिल पत्रकार रेडियाेकाे स्टुडियाेबाटै पक्राउ, चाैतर्फी बिराेध


चैत ७, कालिकोट ।

प्रहीले कालिकाेटका क्रियाशिल पत्रकारलाइ पक्राउ गरेकाे छ ।

कालिकाेटकाे रेडियाे नयाँ कर्णालीमा कार्यरत पत्रकार कर्ण विश्वकर्मलाइ बिहीबार प्रहरीले रेडियाेमै गएर पक्राउ गरेकाे हाे । उनि विप्लव निकट जनपत्रकार संगठन नेपाल कालिकाेटका जिल्ला संयाेजक हुन् ।

आस्ताकै आधारमा उनलाइ रेडियाेकाे स्टुडियोमै प्रहरी प्रवेश गरेर पक्राउ गरेकाे उक्त संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् । विगत लामाे समयदेखि पत्रकारितामा सक्रिय उनी कालिकाेट रास्कोट नगरपालिका-९, फुकोट निवासी हुन् ।

पत्रकार विश्वकर्मा पक्राउकाे विराेधका नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन लगाएतले बिराेध गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेर विष्टले एक विज्ञप्ती जारी गरेर पत्रकार पक्राउकाे बिराेध गरेका छन् ।

विज्ञप्तीमा भनिएकाे छ- “कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो । महासंघ पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भत्र्सना गर्दछ । र, पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।”

 

 

त्यस्तै जनपत्रकार संगठन नेपालले पनि पक्राउकाे कडा बिराेध गरेकाे छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति निरन्तर सहिष्णुता तथा अनुद्दार बन्दै गएको बताउदै बिकको गिरफ्तारीप्रति संगठनले दुख प्रकट गरेको छ ।

 

त्यसैगरी जनपत्रकार संगठन नेपाल भेरी कर्णाली समन्वय समितीले पनि पत्रकार गिरफ्तारिमा आफ्नाे गम्भीर ध्यान आकर्षण भएको बताएकाे छ । समितीका संयाेजक टीका केसीले विज्ञप्ती जारी गर्दै सरकारले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको घाँटी नमोठिएको बताएकी छन् ।

विज्ञप्तीमा भनिएकाे छ- “पत्रकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठीत गर्ने र कुनै विचारमा आस्तावान पत्रकारलाई त्रसित बनाउने सरकारको रबैयाको हामी घोर भ्रत्सर्ना गर्दछौँ । नेपालमा राजाले पत्रकारमाथी लगाएको कुरुर शासन व्यवस्था फालेर हामीले ल्याएको लोकतान्त्रिक गनतन्त्र व्यवस्थाको धज्वी उडाउदै अहिलेको दुईतिहाइ सरकारले त्यसभन्दा पनि कठोर शासन लाद्न खोज्दै छ ।”

 

 

यता रेडियो नयाँ कर्णालीले पनि आफ्ना पत्रकार बिकलाई कार्यालयबाटै प्रहरीले पक्राउ गरेको भन्दै विरोधमा रेडियो प्रशारण बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ७ गते बिहिवार