• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

मालिकसँगै कुकुर पनि हिमाल चढ्यो


चैत ८, काठमाण्डौँ ।

सात दशकअघि ’लाइका’ नामको कुकुरले संसारमै रेकर्ड बनायो । ऊ ब्रह्माण्डमा पुगेर पृथ्वीको चक्कर काट्ने पहिलो जनावर थियो ।

अहिले ’मेरा’ नामको कुकुरले नेपालको सात हजार मिटर उचाइको वरूणत्से हिमाल चुचुरासम्म पुगेर रेकर्ड राखेको छ । हिउँ र अप्ठ्यारा बाटामा लड्दै(पड्दै एउटा कुकुरले थाहै नपाई सात हजार मिटर उचाइमा पुग्ने कुकुरको रेकर्ड राखेको हो ।

त्यो कुकुरलाई न आफ्नो गन्तव्य थाहा थियो, न कसैको ’मिसन’ । लाइका झैं उसको त नाम पनि थाहा थिएन। के आकर्षणले तानिएर हो, ऊ वरुणत्से हिमाल आरोहण गर्ने आरोहीहरूलाई पछ्याउन थाल्यो र उनीहरूसँगै चुचुरोसम्म पुग्यो ।

वरुणत्से नजिकैबाट आरोहीहरूको पछि लागेको यो कुकुर बिनासुरक्षा सामग्री चुचुरोसम्म पुगेको आरोहीहरूले बताएका छन् । वरूणत्से आरोहण गर्न आएका विदेशी पर्यटकमध्ये डन वार्गोस्गीले उक्त कुकुरबारे ब्लग लेखेपछि यो खबर सार्वजनिक भएको हो ।

अमेरिकाको सियाटलका डनले आफ्नो ब्लगमा लेखेअनुसार मेरालाई बाटामा आवश्यक ठाउँमा जीप लाइन लगाउनुबाहेक अरू कुनै सहयोग गर्नुपरेन । ऊ आफ्नै बलबुतामा चुचुरोसम्म पुगेको डनले लेखेका छन् ।

उनका अनुसार कुकुरको वास्तविक नाम उनीहरूलाई थाहा छैन् । मेरापिक आसपास भेटिएकाले आरोहीहरूले नै ’मेरा’ नाम राखिदिएका थिए । वरूणत्सेको सफल आरोहणपछि भने ’बरू’ नाम दिइएको ’आउटडोर’ पत्रिकाले लेखेको छ ।

यो कुकुर वरूणत्से शिखरमा पुग्ने मात्र होइन, सबभन्दा उचाइमा पुग्ने पहिलो जनावर भएको छ। यसअघि अरू कुनै जनावर यति अग्लो स्थानमा पुगेको रेकर्ड नभएको आउटडोर पत्रिकाले लेखेको छ।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार