• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

छोटो कपडा लगाउने युवतीलाई विमान चढ्नमा रोक लगाइयाे


चैत ८, काठमाडौँ ।

ब्रिटेन बर्मिघमकोे एक एयरपोर्टमा एक युवतीलाई छोटो कपडा लगाएको भन्दै विमान चढ्न रोक लगाइएको घटनाले यतिबेला विश्वमाझ चर्चा पाइरहेको छ । एयरलाइन्सले उनलाई भड्किलो पोसाक लगाएको भन्दै विमान चढ्न रोक लगाएको हो ।

एयरलाइन्स कर्मचारीले उनलाई दुई विकल्प दिएको थियो कि आफ्नो शरिर ढाक्ने कपडा लगाउ कि त विमानमा सवार नगर । २१ वर्षिय ती युवती स्पेनमा रहेको परिवारलाई भेट्न जाने तयारीमा रहेकी थिइन् । तर उनलाई कपडा छोटो लगाउको भन्दै विमान चढ्न नै दिएनन् । एयरपोर्टको सुरक्षा जाँचमा नरोके पनि उनलाई थोमस कुक एयरलाइन्सका चार कर्मचारीले कपडा भएन भन्दै फिर्ता पठाएका थिए ।

यद्यपी ती युवतीले भने आफ्नो जविनको सबैभन्दा खरब पल भएको दाबी गर्दै आफुमा लैगिंक विभेद भएको आराप लगाएकी छन् । उनकै अगाडी रहेको अर्का व्यक्तिलाई छिराएर आफुलाई छिर्न नदिएकोमा गुणासो गरेकी छन् ।

आफ्नै परिवारको एक व्यक्तिले ज्याकेट लगाएर चढ्दा जान पाएको र आफु चढ्ने बेलामा थामस कुक एयरलाइन्सलेअसंवेदनसिल व्यवहार देखाएको भन्दै आलोचना गरेकी छन् । यो घटनापछि एयरलाइन्सको प्रवक्ताले युवतीसँग व्यक्तिगत र आधिकारीक बयान जारी गर्दै माफी मागेका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार