• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको शारदा नगरपालिकाले विद्यालयमा किसोरीहरुलाई निशुल्क प्याडको व्यवस्था गर्ने


चैत ८, सल्यान ।

सल्यानको शारदा नगरपालिकाले विद्यालयहरुमा किसोरीहरुलाई निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ ।

नगरको वडा नम्बर ३ साहुटोलामा स्थापना भएको सुरक्षा सेनेटरी प्याड उद्ध्योगको शुक्रबार उद्घाटन गर्दै नगरप्रमुख अधिकारिले यही आउने बैशाख देखि नयाँ बर्षको अवसर पारेर नगरभित्रका प्रत्यक माध्यामिक विद्यालयमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिने घोषणा गरेका हुन् । नगरभित्र रहेका १३ वटा माध्यामिक विद्यालयमा सधैका लागी प्याडको व्यवस्था हुने उनको भनाई छ ।

महिनावारी भएको अवस्थामा विद्यालय जान नसक्ने अवस्थामा छात्राहरु रहेको भन्दै नगरप्रमुख अधिकारीले प्याड निशुल्क बितरण गर्दा त्यस अवस्थाबाट मुक्ती मिल्ने बताए । महिला स्वास्थ्यलाई ध्यानमा राख्नु नगरको जिम्मेवारी भएको उल्लेख गर्दै अधिकारिले प्याडको सुरक्षित प्रयोग गर्न सबै महिलाहरुलाई आग्रह गरेका छन् ।

उनले विद्यालयमा प्याड वितरणको लागी सहज वातावरण मिलाइने बताएका छन् । थोरै बजेटमा राम्रो काम हुने भन्दै उनले साना कुराहरुलाई पनि विषेश ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै शारदा नगर उपप्रमुख सावित्रा वस्नेतले प्याडको प्रयोगले महिला स्वास्थ्यमा सकारात्मक असर देखिने भन्दै आत्मबिस्वास बढाउन पनि यसले भुमिका खेल्ने बताएकी छन् । उनले भनिन्– “प्याडको प्रयोगले महिनावारी भएका महिलाहरुलाई विभिन्न संक्रमनबाट जोगाउन सकिन्छ ।”

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार