• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङ, सल्यान र रुकुममा हप्तापिच्छे विद्युत अवरुद्व, भोली शनिबार पनि दिनैभरी बन्द


चैत ८, सल्यान ।

दाङ, सल्यान र रुकुममा हप्तापिच्छे विद्युत अवरुद्व हुने गरेको छ ।

दाङको लमही–घोराही १३२ के.भी प्रसारण लाईनको तार तान्ने कार्यले पटकपटक यी जिल्लामा विद्युत अवरुद्व हुने गरेको छ । एकहप्ता अघि चैत २ गते शनिबार दिनैभरी अवरुद्व भएको विद्युत त्यसको एकहप्ता पछि चैत ९ गते भोली शनिबार पनि अवरुद्व हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले आज एक सुचना जारी गर्दै भोली शनिबार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपुर्ती बन्द हुने जनाएको हो । शनिबार लमही–घोराही १३२ के.भी प्रसारण लाईन आयोजना, झिङ्नी दाङ अन्र्तगतको लमही १३२÷३३ के.भी. सवस्टेशन देखि निर्माणाधीन घोराही (झिङ्नी) १३२÷३३ के.भी. सवस्टेशन सम्म १३२ के.भी. प्रशारण लाईनको तार तान्ने कार्य हुने सुचनामा जानकारी गराइएको छ ।

तर दाङको पश्चिम क्षेत्रमा रहेको च्याँटीखोला सबस्टेशनबाट भने विद्युत सुचारु हुने भएको छ । यो सबस्टेशनबाट पुरन्धारा, हंशपुर, बाघमारे, रगैचा, दोघरे, बेलुवा लगायत तुलसीपुर पातुखोला देखि पश्चिमका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने छैन् ।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार