• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

विप्लव नेकपाका स्थाई समिति सदस्य सुदर्शनसहित ८ जना पक्राउ


चैत ९, काठमाडौं ।

विप्लव नेतृत्वको नेकपाका स्थाई समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।

प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले सुदर्शनसहित ८ जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेका हो । नेता सुदर्शनसहित नेताहरु शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेकाे महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले बताए ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले गाउँगाउँ पुगेर सो पार्टीका नेताहरुलाई प्रकाउ गरिरहेको छ । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।

यता  प्रहरी प्रवक्ता एसएसपि उत्तमराज सुवेदिले भने आफुलाई यसबारे कुनै जानकारी नआएको बताए ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार