• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

चुनाव जिते प्रत्येक घरमा १० लिटर रक्सी सित्तैमा बाँड्ने नेताको घोषणा


चैत ९, काठमाण्डौँ ।

विश्वको ठूलो लोकतान्त्रिक मुलुक यति बेला चुनावमय भएको छ ।

यही चुनावको तातिएको माहोलमा नेताहरुले आफ्नो पक्षमा भोट तान्नका लागि आकर्षक योजना ल्याएका छन् । यही क्रममा तामिलनाडु राज्यको तर्फबाट लोकसभा उम्मेदवार बनेका एक नेताले आफूले चुनाव जिते घरघरमा १० लिटर रक्सी सितैमा र्पुयाइदिने योजना ल्याएका हुन् ।

ती सांसद हुन् तामिलनाडु राज्यको तिरुपुरबाट स्वतन्त्र उम्मेदवार बनेका शेख दाउद । उनले आफुलाई चुवामा विजयी गराउने जनताका घरघरमा १० लिटर रक्सी सित्तैमा र्पुयाइदिने बताएका छन् । पेशाले टेलर रहेका ५५ वर्षीय दाउदले आफ्नो चुनावी घोषणा पत्रमा त्यति मात्रै छैन् ।

घोषणापत्रमा अन्य १५ बुँदा छन् । त्यसमध्ये खास घोषणामा भने प्रत्येक महिलाई २५ हजार रुपैयाँ दिने तथा परिवारका एक सदस्यलाई जागिर दिने र प्रत्येक युवतीको विवाहमा १० वटा सुनको सिक्का र १० लाख रुपैयाँ दिने समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार