• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा पहिलोपटक सेनेटरी प्याड उत्पादन गर्ने उद्योग खुल्यो


चैत ९, सल्यान ।

सल्यानमा पहिलोपटक सेनेटरी प्याड उत्पादन गर्ने उद्योग खुलेको छ ।

जिल्लाको शारदा नगरपालिका ४ साहुटोमा करिब १४ लाख रुपैयाँ बराबरको लागतमा सुरक्षा सेनेटरी प्याड उद्योग स्थापना भएको हो । उद्योगको शुक्रबार एक कार्यक्रमबा बिच उद्घाटन समेत गरिएको छ ।

पछिल्लो समय जनचेतना बृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरुको संख्या बढ्दै गएकोले प्याड उद्योग सञ्चालन गरिएको उद्योगका सञ्चालक लक्ष्मी बस्नेतले बताइन् । उनले आफ्नो व्यक्तीगत लागतमा उद्योग संचालन गरेको जानकारी दिएकी छन् ।

उद्योगमा अहिले ३ जना कर्मचारी समेत राखिएको छ । उनले ३ वटा मेसिन सँगै बिभिन्न औजार उपकरण खरिद गरेर सेनेटरी प्याड उद्योग सञ्चालन गरेको बताइन् । यहाँ उत्पादित प्याड सल्यान जिल्लाभरी सँगै छिमेकी जिल्लाहरुमा समेत निर्यात गर्ने उनको भनाई छ ।

जिल्लाका ग्रामिण भेगका किशोरीहरु तथा महिलाहरुले अझै पनि महिनावारी भएको समयमा रुमाल, पुराना कपडाहरु प्रयोग गर्दै आएका छन् । जसका कारण स्वास्थ्यमा बिभिन्न समस्याहरु देखा पर्दछन् ।

सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरुको संख्या बढ्दै गएको समयमा देशका बिभिन्न शहरहरुका साथै भारतबाट निर्यात गरिएका प्याड भन्दा यस उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको उनले बताइन् । उद्योगको उद्घाटन गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले आफ्नो नगरभित्र रहेका १३ वटा माध्यामिक विद्यालयमा निशुल्क प्याडको व्यावस्था गर्ने घोषना गरेका छन् ।

यो पनि पढ्नुहोस्

सल्यानको शारदा नगरपालिकाले विद्यालयमा किसोरीहरुलाई निशुल्क प्याडको व्यवस्था गर्ने

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार