• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा चेतना सामाजिकको आयोजनामा १ सय ९३ जनाका निशुल्क आँखा चेकजाँच


चैत ९, सल्यान ।

सल्यानको पश्चिम क्षेत्रमा १ सय ९३ जनाका निशुल्क आँखा चेकजाँच गरिएको छ । चेतना सामाजिक उद्यमी सहकारी संस्था शारदा नगरपालिका ३ खलंगा तथा सो को सदस्यता सेवा केन्द्र सल्लीबजारको आयोजना र नेपाल नेत्रज्योति आँखा अस्पताल सितलपाटी सल्यानको सहयोगमा निशुल्क एकदिने आँखा सिविरको आयोजना गरिएको थियो ।

बनगाड कुपिण्डे नगरपालिका ५ बाझकोट स्वास्थ चौकी च्युरामा गरिएको सनिबार सिविरमा १ सय ९३ जनाले वृद्ध वृद्धाले आँखा चेकजाँच गराएका हुन् । जसमा ७७ जना पुरुष र १ सय १६ जना महिला रहेका छन् ।

शिविरमा २५ जना मोतिविन्दु, २ जना आसुनलीको अप्रेशन, साथै अन्य आँखा चिलाउने, आँखा सुख्खा हुने चस्मा प्रयोग गर्नु पर्ने जस्ता विरामीहरुको जाँच गरिएकाे  संस्थाका नविन रावतले बताएका छन् । आँखा चेकपछि बिरामीलाई निशुल्क औषधिको पनि व्यवस्था गरिएको छ ।

आँखा शिविर कार्यक्रमकाे प्रमुख अथिती रहेका बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमल बिकले १ दिने निशुल्क शिविर सन्चालन गरि आफ्नो वडाका वृद्ध वृद्धाहरुलाइ सेवा दिएकोमा चेतना सामाजिक उद्देमी सहकारी सस्थालाई धन्यवाद समेत दिएका छन् । उनले मानिसको सबैभन्दा महत्त्वपूर्ण संबेदनसिल अंग भनेको आँखा भएकोले यसमा सबैको ध्यान जानुपर्ने बताएका छन ।

चेतना सामजिक उद्यमी सहकारी सस्थाले विगद ७ वर्ष देखी सामाजिक उद्यमीको क्षेत्रमा काम गर्दै आईरहेको र विपन्न वर्गहरुको जिवन स्थर उकास्न सामाजमा उल्लेखनीय योगदान पु¥याउदै संस्थाका कार्यकारी प्रम्रमुख धन वहादुर नेपालीले बताएका छन् । सस्थाकी काेषाअध्यक्ष प्रेमा वस्नेतकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा सस्थाका अध्यक्ष फत्ते जंग घर्ति, सचिव पार्वति नेपाली लगाएकाे पनि सहभागीता रहेकाे थियाे ।

शिविरमा नेपाल नेत्र ज्योति संघ सल्यान आँखा उपचार केन्द्र शितलपाटि सल्यानका आँखा उपचार केन्द्रका प्रमुख पदम राज पन्त र सुनसरा वस्नेतले चेक जाँच गरेका थिए । आँखा चेकजाँच गरि अप्रेसनको लागि भने यहि चैत्र १२ र १३ गते देवस्थल स्वास्थ चौकीमा बस्ने शिबिरमा जानुपर्ने भएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार