• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङमा वडाध्यक्षको ठाडो आदेशमा राप्ती नदीको उत्खनन्


ओमप्रकाश गुप्ता / चैत ९, भालुबाङ ।

दाङकाे राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डिसीको ठाडो आदेशमा राप्ती नदीमा जेसिवी प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ ।

राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित सशस्त्र प्रहरीबल जिल्ला हेड क्वाटर २९ नम्बर गण, प्रगन्ना सिचाई नहरको बराखुटी क्यानलको दक्षिण राप्ती नदीमा बड्कापथ सिचाई आयोजना निर्माणको नाममा वातावरण प्रभाव मुल्याङकन नै नगरी मापदण्ड विपरीत जेसिवी प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ ।

यस सम्बन्धमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी सँग सम्पर्क गर्दा सो उत्खनन् बारे आफुलाई थाहा नभएको बताए ।

यसै गरी जिल्ला विकास समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली सँग जानकारी लिदा यस विषयमा आफुलाई कुनै थाहा जानकारी नभएको र त्यस प्रकारको अवैध उत्खनन् इजाजत दिन स्थानीयतहलाई अधिकार नभएको र त्यस प्रकारका गतिवीधि गर्ने जो कोहीलाई पनि कानुनी दायरामा लिन पर्ने बताए ।

राप्ती नदीको दक्षिण सितगंगा नगरपालिकाको सातमाराबाट मुहान(इन्टेक) बनाई गढवा गाउँपालिकाको साविक गोवरडिहा, गंगापरस्पुर र गढवामा सिचाई पु¥याउने उदेश्यले निर्माणधिन बड्कापथ सिचाई आयोजनाको निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थको संकलनका लागि सहजीकरण गरिदिने भनी गत मिति २०७५–७–११ गते,

जिल्ला विकास समन्वय समिति दाङलाई प्रगन्ना तथा बड्कापथ सिचाई आयोजना लमहीले लेखेको पत्रलाई समेत वेवास्ता गर्दै वडाध्यक्ष ताराबहादुर डिसीले उक्त आयोजनाका ठेकेदारलाई नदी च्यानेलाइजेसन गर्ने नाममा यसरी अवैध दोहन भइरहेको छ ।

उक्त अवैध दोहन रोक्न स्थानीय नागरिक अगुवाहरु,पत्रकारहरु,सुरक्षा निकाय उक्त स्थलमा पुगेको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार