• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

काठ चोरी तस्करीलाई निरुत्साहित गर्नुपर्छ : प्रशासन प्रमुख खवास


ओमप्रकाश गुप्ता / चैत ९, लमही ।

इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले बढ्दो काठ चोरी निकासी तथा तस्करीलाई पुर्णरुपमा निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

वन पैदवार काष्ठ उद्योग व्यवसायी संघ दाङको शनिवार लमही नगरपालिका ३ जखेरातालमा आयोजित प्रथम साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका खवासले काष्ठ व्यवसायीय संघ आम्दानी गर्ने थलो मात्र नबनेर वन संरक्षणमा लाग्न जरुरी रहेको बताएका छन् ।

संघका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको सभामा प्रगती विवरण संघका अध्यक्ष उपाध्याय र आर्थिक प्रतिवेदन कोषाध्यक्ष दुर्गाबहादुर खत्रीले प्रस्तुत गरेका थिए ।

संघका उपाध्यक्ष दिनेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको सभामा सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष भुपेन्द्र सुवेदी, वन डिभिजन कार्यालय लमहीका साहायक वन अधिकृत देवीप्रसाद चौधरी, जखेरा शिवालय धार्मिक पयैटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडे, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह, पत्रकारहरु नारायणविवश शर्मा, राधेश्याम गुप्ता, संघका उपाध्यक्ष कुलराज गिरी, संघका सदस्यहरु मानसिंह बोहरा, दामोदर पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संघका सचिव रमेश गिरीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार