• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सांसद शान्ता चौधरी र छाेरी बिनु चौधरीले एकैपटक एसइईको परीक्षा दिँदै


चैत १०, तुलसीपुर ।

आजबाट सुरू भएकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी भएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक समेत रहेका सांसद चाैधरी दाङ तुलसीपुरस्थित सेन्टर मावि तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षाको कोठा नम्बर ११ बाट दिएकी छन् ।  सांसद चौधरीको परीक्षा नम्बर ०५८८४५३ ग रहेको छ ।

उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन् । परीक्षाहलमा प्रवेश गर्नुपूर्व सांसद चौधरीले बाल्यकालको सपना पुरा हुन लागेको भन्दै खुसी साटिन्। बाल्यकालमा विद्यालय जान निकै तड्पिएको भएपनि आज त्यो सपना पुरा हुन थालेको उनले बताइन्।

उनकी १७ वर्षीया छोरी बिनु चौधरीले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्। विनु काठमान्डौंको आरुवारीस्थित सृजना बाल बोर्डिङ बाट परिक्षा दिदै छिन् । शान्ताका छोरा अनिल चौधरी जेभियर्समा कक्षा १२ मा अध्यनरत छन् ।

३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा पढेकी हुन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढेपनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्।

 

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार